समाज


बीपी राजमार्गका १२ ठाउँमा पहिरो, ६०० मिटर सडक बग्यो

बीपी राजमार्गका १२ ठाउँमा पहिरो, ६०० मिटर सडक बग्यो

नेपालखबर
असोज १९, २०८२ आइतबार ११:११, काठमाडौँ

बाढी-पहिरोले बीपी राजमार्गमा ठूलो क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सिन्धुलीका अनुसार राजमागर्मा कम्तीमा १२ ठाउँमा पहिरो गएका छन्। 

भकुण्डेबेसीदेखि सिन्धुलीको सीमानासम्म ९ ठाउँमा अवरोध रहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रवक्ता डीएसपी रविन विष्टले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार राजमार्गका ठाउँठाउँमा पहिरो गएको, सडक भासिएको र बाढिले बगाएको छ।

यी स्थानमा तत्काल सडक सञ्चालनको सम्भावना कम रहेको पनि प्रहरीले जनाएको छ। अरनीको राजमार्ग भने सञ्चालनमा छ। डीएसपी विष्टका अनुसार खाबामा एकतर्फी भए पनि अन्य स्थानमा सडक अवरोध छैन। 

बीपी राजमार्गको सिन्धुलीतर्फको भागमा पनि बाढी पहिरोले क्षति पुर्‍याएको छ। नेपालथोकदेखि दुम्जासम्म तीन ठाउँमा बाढीले सडक बगाएको छ। 

एक ठाउँमा तीन सय मिटर, अर्को ठाउँमा १ सय र अर्को ठाउँमा ५० मिटर सडक बाढीले बगाएको सिन्धुलीका प्रहरी प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए। रोशी खोलाले नेपालथोकमा पनि २५० मिटर सडक बगाएको छ। गजुली दहमा पहिरो खसेको छ।

बाढीले बगाएको सडक तत्काल खुल्ने सम्भावना कम छ। तर पहिरो हटाउन थालिएको छ। प्रहरीले नेपालथोकदेखि खुर्कोटसम्म एकतर्फी सडक खुलाएको छ। सुनकोसी गाउँपालिका ६ कानढुंग्रेमा पहिरो खसेको छ। 

केही ठाउँमा पहिरो हटाउने क्रम जारी रहे पनि बाढीले बगाएका कारण तत्काल सञ्चालन हुने सम्भावना कम छ। यो सडकमा पनि शनिबारदेखि नै सवारीसाधान ठप्प छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad