समाज


भारतमा १८ जना बालबालिकाको मृत्युको कारक ‘कोल्ड्रिफ कफ सिरप’ नेपालमा दर्ता छैन: औषधि विभाग

भारतमा १८ जना बालबालिकाको मृत्युको कारक ‘कोल्ड्रिफ कफ सिरप’ नेपालमा दर्ता छैन: औषधि विभाग

नेपालखबर
असोज २१, २०८२ मंगलबार १९:२०, काठमाडौँ

औषधि व्यवस्था विभागले भारतमा उत्पादित ‘कोल्ड्रिफ कफ सिरप’ नेपालमा दर्ता नभएको जनाएको छ। भारतमा कोल्ड्रिफ कफ सिरपको सेवनबाट १८ जना बालबालिकाको मृत्यु भए पछि विभागले सार्वजनिक सूचना निकाली कफ सिरप नेपालमा दर्ता भएर प्रयोगमा नआएको जनाएको छ। 

विभागले जनस्वास्थ्यमा हानी गर्ने  कुनै पनि औषधि वितरण र प्रयोग रोक्न सबै निकायलाई सतर्क रहन आग्रह गरेको छ।

फार्मेसीहरूलाई विभागमा दर्ता नभएका औषधि बिक्री वितरण नगर्न निर्देशन दिइएको छ। विभागले औषधि उत्पादकहरुलाई रासायनिक पदार्थहरूको गुणस्तर परीक्षण र प्रमाणिकरण नगरी औषधि उत्पादन, आयात र वितरण नगर्न निर्देशन दिएको छ। 

प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल, सरबाइटल, ग्लाइसेरोल लगायतका रासायनिक पदार्थहरू प्रयोग गरिएका कफ सिरफ र अन्य औषधिहरूमा इथाइलिन ग्लाइकल र डायथाइलिन ग्लाइकल नामक हानिकारक तत्वको मात्रा परीक्षण गरी मात्र सुरक्षित रूपमा प्रयोग गर्नुपर्ने भन्दै उत्पादकहरुलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad