स्वास्थ्य सेवा विभागले हैजा संक्रमण नियन्त्रण गर्न बारा र पर्सा जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ।
विभागले विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त भएको १० लाख १८ हजार १०० डोज खोपबाट अभियान सञ्चालन गर्ने भएको हो।
उनले गत साउन देखि बारा र पर्सा जिल्लामा फैलिएको हैजा नियन्त्रण गर्न खोप, खोप सामग्री र अभियान सञ्चालन खर्च विश्व स्वास्थ्य संगठनको खोप प्रावधानसम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहले सहयोग गरेको जनाए।
पर्सा जिल्लाको सबै पालिका र बारा जिल्लाका ६ वटा स्थानीय तहहरूमा खोप अभियान सञ्चालन हुने उनले बताए।
डा बाराकोटीले हैजा रोग विरुद्धको खोप मुखबाट खुवाइने ‘इयूभिकोल’ खोप प्राप्त भएको जानकारी दिए।
साउन महिनाको अन्तिमदेखि फैलिएको हैजा संक्रमण १ हजार १७१ जनामा देखिएको थियो भने ३ जनाको मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया