धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको धनकुटा नगरपालिका-३ निगालेस्थित सडकमा विराटनगरबाट जीतपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेहरूमा महालक्ष्मी नगरपालिका-६ बस्ने ५५ वर्षीया गंगा कार्की र सोही नगरपालिका-७ बस्ने ६० वर्षीय डिल्ली बराल रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
27
Shares

प्रतिक्रिया