‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ।
गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो।
उनले भने, ‘अत्यन्त चुनौतीपूर्ण अवस्थामा शून्य मानवीय क्षतिका साथ शतप्रतिशत उद्धार गर्न सफल भएका छौँ। जसका कारण अत्यावश्यक सेवा तथा वस्तुको प्रवाहमा तत्कालै सहयोग पुगेको छ।’ रासस
138
Shares

प्रतिक्रिया