काठमाडौँ महानगरपालिका-२ सानो भर्याङ क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका-२ घर भई काठमाडौँ नागार्जुन नगरपालिका-२ बस्ने २२ वर्षीया रोजिना सुनार र चीनकी ३८ वर्षीया नागरिक जियाओ याङ रहेका छन्।
काठमाडौँ जिल्ला प्रहरी परिसरका अवैध आर्थिक कारोबार (हुन्डी) भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूबाट नेपाली नगद ६९ लाख ८५ हजार रुपैयाँ, सुनका विभिन्न गहना र अन्य सामग्री बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार रोजिना सुनार पहिलेदेखि नै बैंकिङ कसूरमा फरार सूचीमा थिइन्। उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मिति २०७९ असोज ४ र फागुन १० गते बैंकिङ कसूर मुद्दा दर्ता भएको उल्लेख छ।
उनीहरूलाई हुन्डी कारोबार गर्न नहुने कसूरमा पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
Shares

प्रतिक्रिया