लडाईमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार बताएका हुन्।
आम नागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरुले चक्काको काम गरिरहेको मोदीको भनाइ छ।
प्रधानमन्त्री मोदीले भने,“हरेक नागरिक यस लडाईमा कोरोनाभाइरस विरुद्धको सेना हुनु भएको छ।”
कोरोना भाइरससँगै आफूहरुले गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नु पर्नेमा मोदीले जोड दिए।
“कोरोनाभाइरस विरुद्धको जनताको लडाई सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पु¥याउने छौँ,” प्रधानमन्त्री मोदीले भने। रासस/एएनआई

प्रतिक्रिया