पनौती नगरपालिका नियालो भञ्ज्याङ सिमसारडाँडामा एक पुरुषको कंकाल फेला परेको छ।
स्थानीय जनक सापकोटाको पाखो बारीमा काफलको रुखको फेदमा बिहीबार मानव कंकाल फेला परेको थियो।
काफलको बोटमा हरियो रंगको पछ्यौरी झुण्डीरहेको र नजिकै निलो रंगको चप्पल र कालो रंगको ट्रयाकसुट फेला परेको थियो।
अनुसन्धानका क्रममा उक्त मानव कंकाल ओखलढुङ्गाको मेलुङ गाउँपालिका ८ घर भई हाल काभ्रेपलान्चोकको पनौती नगरपालिका-१ डेरा बस्ने ३६ वर्षका फुर्वा तामाङको भएको खुलेको छ।
उनकी श्रीमती डोल्मा शेर्पाले घटनास्थलमा भेटिएको मोबाइल, कपडा लगायतका आधारमा उक्त शव आफ्ना पतीको भएको सनाखत गरेकी छन्।
उनी २०८२ भदौ १२ गतेबाट हराएको खुलेको छ।
114
Shares

प्रतिक्रिया