समाज


आज पनि पूर्णरूपमा बन्द छ बीपी राजमार्ग

काभ्रेका डीएसपी भन्छन्- पहिरो खस्दै छ, हटाउने क्रम पनि चल्दै छ
आज पनि पूर्णरूपमा बन्द छ बीपी राजमार्ग

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार ९:५०, काठमाडौँ

बीपी राजमार्गमा आज पनि गाडी चलेका छैनन्। सडकमा लेदो थुप्रिँने र ढुंगा खस्ने क्रम नरोकिएकाले बीपी राजमार्ग आज पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले दिएको जानकारीअनुसार चौकीडाँडा, नार्के, चारसयबेँसी, डालाबेँसी लगायतका ठाउँमा अझै सडकको पहिरो र लेदो हटाउन सकिएको छैन। 

लगातारको वर्षापछि पहिरो र लेदो सडकमा थुप्रिँदा गएको बिहीबार रातिदेखि नै बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो।  

‘काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकिडाँडा, रोसी गाउँपालिका ७, रोसी ७ कै चारसयबेँसी, रोसी ११ को डालाबेँसी, रोसी ९ को बिरुवाडाँडा, कोक्सिकुना, नार्के लगायतका ठाउँमा अझै सडक पूर्णरुपमा अवरुद्ध छ,’ डीएसपी बिष्टले नेपालखबरसँग भने, ‘ती ठाउँमा हिजैदेखि पहिरो हटाउने र पहिरो फेरि खस्ने क्रम चलिरहेको छ।’ 

सडक धेरै ठाउँमा अवरुद्ध भएकाले मर्मतमा समय लाग्ने प्रहरीले जनाएको छ। बीपी राजमार्ग अवरुद्ध पूर्वी नेपाल आवतजावत गर्ने यात्रुले सास्ती पाएका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad