समाज


सुन्धारा कारागारबाट भागेका बन्दी ग्यास गन र गोलीसहित पक्राउ

सुन्धारा कारागारबाट भागेका बन्दी ग्यास गन र गोलीसहित पक्राउ

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १४:४८, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा प्रहरीको ग्यासगन र गोली लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काभ्रेपलान्चोकको महाभारत गाउँपालिका १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरेको हो। 

उनी भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका थिए। त्यसअघि उनलाई ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

कात्तिक १३ गते साँझ काठमाडौँ महानगरपालिका ७ लाहुरेटोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लास्टिकले बेरिएको अवस्थामा कुर्सीमाथि कालो झोला फेला परेको थियो। झोलामा ९७२ डब्ल्युके ६८३०१ ०३२१८९ नं उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्याएको अवस्थामा फेला परेको थियो। 

अनुसन्धानका क्रममा उक्त झोला राजा तामाङको भएको खुलेको थियो। कात्तिक १४ गते साँझ उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। 

उनको डेराबाट प्रहरीले ३ थान गोलि पनि बरामद भएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए। 

लामालाई थप अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad