समाज


मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु गर्ने फुलकोर्टको निर्णय

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु गर्ने फुलकोर्टको निर्णय

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार २२:१७, काठमाडौँ

मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु गर्ने भएको छ।

बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (सबै न्यायाधीशको बैठक) ले भदौ २४ गते भएको आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाटबाट अवरुद्ध सेवा सुरु गर्ने निर्णय गरेको हो। 

आन्दोलनका क्रममा अदालतको अधिकांश भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा सूचना प्रणालीमा समेत क्षति पुगेको थियो।

जस कारण सीमिति इजलास मात्रै बस्न सकेका छन् भने सीमित मुद्दामा मात्रै सुनुवाइ भइरहेको छ। तर अब सबै प्रकारकार रिट निवेदनहरु, सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरु नियमित रुपमा दर्ता एवम् सुनुवाइ गर्ने जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad