शुक्रबार साँझ दैलेखमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १०५६ नम्बरको बोलेरो जिप शुक्रबार साँझ दैलेखको आठबिस नगरपालिका-८ सेरावाडास्थित कर्णाली राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए। घाइतेको दैलेख अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
दुर्घटनापछि जिप चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
114
Shares

प्रतिक्रिया