समाज


रुबेला रोग निवारण गरेकोमा नेपाललाई सम्मान

रुबेला रोग निवारण गरेकोमा नेपाललाई सम्मान

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १८:३६, काठमाडौँ

विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयले रुबेला रोगलाई जनस्वास्थ्य समस्या रूपमा निवारण गरेकोमा नेपाललाई सम्मान गरेको छ। 

आज स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई संगठनका क्षेत्रीय कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले नेपालले अत्यन्त सङ्क्रमक भाइरल रोग रुबेला निवारण गर्ने उपलब्धि हासिल गरेको भन्दै सम्मान पत्र प्रदान गरे।

संगठनले गत भदौमा नेपालमा रुबेला रोग निवारण भएको घोषणा गरेको थियो। त्यस्तै, डा. बोहमले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रको ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरेको जानकारी गराइन्।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले विशेष गरी नेपालका चुनौतीपूर्ण भौगोलिक र सामाजिक क्षेत्रहरूमा मातृ–शिशु स्वास्थ्य सुधार, खोपको पहुँच बढाउने, पोषण प्रवद्धन गर्ने तथा रोग प्रकोप व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको कारण यस पुरस्कार प्राप्त गरेको हो।

यो सम्मान गत सेप्टेम्बरमा घोषणा गरिएको थियो भने अक्टोबरमा श्रीलंकाको कोलम्बोमा आयोजित क्षेत्रीय बैठकको क्रममा नेपाल सरकारका प्रतिनिधिले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको तर्फबाट औपचारिक रूपमा पुरस्कार ग्रहण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad