भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आज धनुषा र सिरहा जोड्ने कमला नदीको पुलको निरीक्षण गरेका छन्।
त्यस क्रममा उनले स्थानीयवासीसँगै डुंगा चढेर कमला नदी वारपार गरेका छन्।
१४ वर्षदेखि पुलबिहीन हुँदा यहाँका नागरिकले कमला वारपार गर्दा निकै सास्ती पाउँदै आएका छन्।

राज्यले समयमै काम नगर्दा कमला नदीमा पुल निर्माण हुन सकेको छैन। जसको कारण डुंगाको सहारामा नदी तर्न यहाँका स्थानीयबासी बाध्य छन्।
पुल निरीक्षणको क्रममा मन्त्री घिसिङले कमला नदीमा पुल निर्माण कार्य चाँदै सक्नेगरि काम अघि बढाउन पहल गर्ने बताएका छन्।

ऊर्जामन्त्री घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता आज शुक्रबार बिहानै जनकपुर पुगेका थिए। त्यसक्रममा उनीहरूले जनकपुरधामस्थित निर्माणाधीन रामजानकी रंगशालाको पनि निरीक्षण गरेका छन्।
तस्बिर/रासस
Shares

प्रतिक्रिया