समाज


राशिफल १२ मंसिर : आँटेको काम नबन्दा वृश्चिक दिक्क, कुम्भ विवाह बन्धनमा बाँधिने, तपाईँको के?

राशिफल १२ मंसिर : आँटेको काम नबन्दा वृश्चिक दिक्क, कुम्भ विवाह बन्धनमा बाँधिने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
मंसिर १२, २०८२ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, १२ मंसिर २०८२ (२८ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। स्वास्थ्यमा सुधार आउला। कतै घुम्न जाने योजना बन्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ५१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: मित्रबाट विशेष सहयोग मिल्नेछ। मनोरञ्जन कार्यक्रममा सहभागी भइनेछ। प्राविधिक काममा बढी सफलता मिल्ला। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन: मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: कठोर परिश्रम गर्नुपर्ने समय छ। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४७, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। झुट नबोल्ने।

सिंह: नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: विद्या र बुद्धिको विकास हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला: नसोचेको ठाउँबाट धनागम हुनेछ। शुभ समाचार सुन्न पाइएला। ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। लामो यात्रा सुखद र सफल रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: आँटेको काममा सफलता नमिल्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। घरपरिवारमा झैझमेलाको अवस्था आउला। नियमित खर्च बढ्ने योग छ। धार्मिक कार्यमा मन जानेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४१, वैदेशिक कार्यमा ५० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु: शुभ समाचार सुन्न पाइएला। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। साँझमा स्वास्थ्यमा तथा सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ६७ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभकार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। प्रिय व्यक्तिसँग भेटघाट होला। साँझमा अनावश्यक धन खर्च हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५४, वैदेशिक कार्यमा ६१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कुम्भ: परदेशमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। वैदेशिक कमबाट सफलता मिल्नेछ। विवाह बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र र प्राविधिक काम सहजै सम्पन्न हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६१, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। तामसिक भोजन नगर्ने।

मीन: मनमा शङ्का र दुबिधा उत्पन्न होला। सोचेभन्दा धेरै मेहनत गरेर थोरै मात्रै सफलता प्राप्त गर्न सकिने देखिन्छ। मध्य दिनमा शुभकार्यको चर्चा चल्नेछ। नयाँ वस्त्र, अलंकार प्राप्त हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad