समाज


मेषको दिन सोचेजस्तै हुने, मिथुनको प्रेमसम्बन्ध बलियो, तपाईँको के? हेर्नुहोस् १४ मंसिरको राशिफल

मेषको दिन सोचेजस्तै हुने, मिथुनको प्रेमसम्बन्ध बलियो, तपाईँको के? हेर्नुहोस् १४ मंसिरको राशिफल

ज्यो. मेनुका दाहाल
मंसिर १४, २०८२ आइतबार ४:४५, काठमाडौँ

आज आइतबार, १४ मंसिर २०८२ (३० नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: सामाजिक तथा न्यायिक क्षेत्रमा सक्रिय रहनेहरूले आज राम्रै सफलता प्राप्त गर्नेछन्। सोचेजस्तो लाभ पाउन केही समय कुर्नुपर्ने भए पनि कृषि व्यवसायबाट राम्रो प्रतिफल हात पर्नेछ। ‘मनको शान्ति नै साँचो सफलता हो’ भन्ने आजको मन्त्रले दिनभर सकारात्मक ऊर्जा दिनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ७७, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६४ प्रतिशत सफलता रहनेछ।

स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत छ। मेष राशिले आज पितृ देवताको आशीर्वाद लिनु र छलकपट नगर्नु शुभ हुनेछ।

वृष: आयव्यय र सुखदुःख दुवै बराबर रहेको मध्यम प्रकृतिको दिन हुनेछ। मानसिक चिन्ता बढ्न सक्ने भएकाले स्वास्थ्यप्रति सावधानी अपनाउन आवश्यक छ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुन सक्छ भने सेयर बजारबाट पनि लाभ मिल्ने सम्भावना छ।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३६, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३८ प्रतिशत सफलता रहनेछ।
स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत छ। वृषले आज निमुखा प्राणीलाई भोजन दिनु राम्रो हुन्छ भने झूट बोल्नाबाट टाढिनुपर्छ।

मिथुन: कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रेमसम्बन्ध मजबूत हुने समय छ। दानपुण्य र सामाजिक कार्यमा संलग्नताबाट मानप्रतिष्ठा कायम हुनेछ, तर गोपनीयतामा ध्यान दिन आवश्यक छ।
भाग्यशाली रङ सेतो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत छ। मिथुन राशिले भगवान् शंकरको दर्शन गर्नुपर्छ र अनावश्यक लामो यात्रा नगर्नु उत्तम हुनेछ।

कर्कट: नयाँ कार्य वा रोजगारको अवसर खुल्नेछ। परिणाममुखी कार्य सम्पन्न हुन ढिलाइ भए पनि धार्मिक तथा आध्यात्मिक क्रियाकलापले ऊर्जा बढाउनेछ। स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा सावधानी अपनाउनुपर्छ। ‘गहिराइमै साँचो शक्ति लुकेको हुन्छ’ आजको मन्त्र हो।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत छ। कर्कटले आज घरबाट निस्कँदा दही खानुपर्छ र सजिलै कसैको विश्वास गर्नु हुँदैन।

सिंह: महिला वर्गबाट विशेष सहयोग प्राप्त हुनेछ। समाजमा आलोचक बढे पनि नातागोता र साथीभाइको साथले आत्मविश्वास वृद्धि हुनेछ। लाभदायक भेटघाट र पर्खिरहेको काममा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता रहनेछ।

स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत छ। सिंहले रोगीलाई सहयोग गर्नु शुभ हुन्छ भने लामो यात्रा नगर्नु उपयुक्त हुन्छ।

कन्या: शुभकार्यको चर्चा चल्नेछ र सकारात्मक समाचार सुन्न पाइनेछ। मित्रहरूको साथ पाइनेछ र प्रेमसम्बन्धमा मधुरता देखापर्नेछ। वैदेशिक क्षेत्रमा उल्लेख्य सफलता मिल्ने सम्भावना छ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३७, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत छ। कन्या राशिले भोकालाई भोजन दिनु शुभ हुन्छ भने खैरो रङ प्रयोग नगर्नु राम्रो हुन्छ।

तुला: आज आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। व्यवहार र प्रस्तुतीकरण राम्रो भएकाले अरूको मन जित्न सकिनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता रहनेछ।

स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत छ। तुलाले वृक्षारोपण गर्नु शुभ हुन्छ भने उत्तर दिशातर्फ नजानु नै उत्तम।

वृश्चिक: श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रेमका कोपिला फक्रनेछन्। वैदेशिक कारोबार फाइदाजनक हुनेछ भने साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पढाइमा पनि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७४ प्रतिशत सफलता रहनेछ।

स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत छ। वृश्चिकले विद्यार्थीलाई सहयोग गर्नु राम्रो हुन्छ भने तामसिक भोजनबाट टाढिनु बुद्धिमानी हुनेछ।

धनु: आफन्त र साथीभाइबाट हौसला प्राप्त हुनेछ। चलाखीले काम सिद्ध गर्न सकिनेछ। आकर्षक पहिरनले व्यक्तित्व झनै प्रभावशाली देखिनेछ। ‘सीमितता पार गर्न सोच ठूलो बनाउनुहोस्’ आजको मन्त्र हो।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६३, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५१ प्रतिशत सफलता रहनेछ।

स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत छ। धनुले घरबाट निस्कँदा गुण खानुपर्छ र अरूको विश्वास सजिलै नगर्नु राम्रो।

मकर: सोचेजस्तो लाभ पाउन केही समय लाग्न सक्छ। बाहिरी खानपान तथा स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ। सवारी साधन चलाउँदा सतर्कता अपनाउनुपर्छ। साँझतिर मन प्रसन्न बनाउने समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३९, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४० प्रतिशत सफलता रहनेछ।

स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत छ। मकरले प्यासीलाई पानी दिनु राम्रो हुन्छ भने कालो रङ प्रयोग नगर्नु उत्तम।

कुम्भ: नयाँ योजना बन्नेछ र सृजनात्मक क्षमता प्रस्फुटित हुनेछ। वाहन लाभको योग छ। तर वैदेशिक कार्य कमजोर हुने तथा विवादबाट टाढा रहनुपर्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६६, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५७ प्रतिशत सफलता रहनेछ।

स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत छ। कुम्भ राशिले विष्णु भगवान् स्मरण गरी कार्य सुरु गर्नु उत्तम हुन्छ भने निलो रङ्ग आज प्रयोग नगर्नु राम्रो।

मीन: समस्या आए पनि समाधानसहितको मार्ग खुल्नेछ। मित्र तथा साथीभाइको सहयोगले आत्मविश्वास बढ्नेछ। मनोरञ्जनमा सहभागी हुने मौका मिल्नेछ। रोकिएको कामले पुनः गति लिनसक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५०, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत छ। मीनले हनुमानजीको दर्शन गर्नु शुभ हुनेछ भने छलकपट नगर्नु नै राम्रो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad