समाज


भोलिदेखि सर्वोच्चको निर्माणाधीन भवनमा समेत इजलास सञ्चालन हुने

भोलिदेखि सर्वोच्चको निर्माणाधीन भवनमा समेत इजलास सञ्चालन हुने

फाइल फोटो


नेपालखबर
मंसिर २१, २०८२ आइतबार २०:१६, काठमाडौँ

सर्वोच्च अदालतले भोलि (मंसिर २२) देखि निर्माणाधीन भवनबाट समेत इजलास सञ्चालन गर्ने भएको छ। 

आइतबार सूचना प्रकाशित गरी सर्वोच्चले सोमबारदेखि सुनुवाई साविक बमोजिम सर्वोच्च अदालतको एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट समेत हुने गरी निर्धारण गरिएको जनाएको छ। 

‘यसरी मुद्दाको दैनिक सुनुवाई गर्दा पूर्ण एक, संवैधानिक इजलास, इजलास नं. ६, ७, ८, ९ र १० सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा र इजलास नं. १ देखि ५ एनेक्स भवनमा सञ्चालन हुने गरी व्यवस्थापन गरिएको’ शाखा अधिकृत देवराज भट्टराईले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad