समाज


पाकिस्तानका सभामुखलाई पनि कोरोना संक्रमण

पाकिस्तानका सभामुखलाई पनि कोरोना संक्रमण

नेपालखबर
बैशाख २०, २०७७ शनिबार २:१३,

पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेरलाई कोरोना संक्रमण भएको छ। सभामुखसँगै उनका छोराछोरीलाईसमेत कोरोना संक्रमण भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्।

आफु कोरोना संक्रमित भएको सभामुख क्विसेरले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्। हाल उनी क्वारेन्टाइनमा छन्।

‘मलाई कोरोना भाइरसको परीक्षण गर्दा संक्रमण भएको नतिजा देखिएको छ, त्यसैले म मेरै घरमा क्वारेन्टाइनमा बसेको छु,’ उनले ट्वीटरमा लेखेका छन्।

पाकिस्तानमा अहिलेसम्म १८ हजारभन्दा धेरैलाई कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये चार सय १७ जनाको मृत्यु भइसकेको छ। शुक्रबार मात्रै पाकिस्तानमा ५६ जनाको कोरोनाको कारण ज्यान गएको छ।

पाकिस्तानको सिन्ध प्रान्तका गभर्नर इमरान इस्माईललाई पनि कोरोना संक्रमण भएको थियो। अहिलेसम्म ४३ सय भन्दा धेरै उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .