भारतमा कोरोना संक्रमणबाट शनिबार एकै दिन एक सय जनाको मृत्यु भएको छ।
विगत केही दिनदेखि भारतमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ।
शनिबार एकै दिन भारतमा कोरोनाकाका २४ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्। शनिबार कोरोना संक्रमणका कारण भारतमा भएको मृत्यु र संक्रमण अहिलेसम्मको सर्वाधिक हो।
शुक्रबार भारतमा २३ सय ९४ नयाँ संक्रमित थपिएका थिए भने ६९ जनाले ज्यान गुमाएका थिए।
भारतमा अहिलेसम्म मृतकको संख्या १३ सय २३ पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ। भारतमा एक हजार ८ सय १९ जना उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ।
कोरोना महामारी फैलिन नदिन भारत देशव्यापी लकडाउन जारी छ। भारतको केन्द्रीय सरकारले शुक्रबार दुई साताको लागि लकडाउन थपरेर मे १७ तारिख अर्थात् जेठ ४ गतेसम्म पुर्याएको छ।
कोरोना संक्रमणका हिसाबले ग्रीन जोन अथवा सुरक्षित ठाउँहरुमा भने लकडाउन केही खुकुलो बनाइने भारतको केन्द्रीय सरकारले जनाएको छ।

प्रतिक्रिया