सप्तरी र पाल्पामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
राजविराज नगरपालिका(१६ बोरियास्थित सडकमा नम्बर नखुलेको सवारी साधनले मधेस प्रदेश ०१-००४ प ३७८९ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा दुर्घटना भएको हो।
सो दुर्घटनामा मोटरसाइकलमा सवार राजगढ गाउँपालिका-६ इनर्वा बस्ने २६ वर्षीय अकबर खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिएपछि फरार सवारी साधन र चालकको खोजी जारी रहेको प्रहरीको भनाई छ।
यसैबीच पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वरीमा टिपर दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु भएको छ।
सर्देवाबाट सिद्देश्वरतर्फ जाँदै गरेको लु.२ ख ४६३२ नम्बरको टिपर बिहीबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा टिपर चालक तिनाउ गाउँपालिका-३ सिसुवा बस्ने २३ वर्षीय भुवन गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया