समाज


सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने डीआईजी सहित ५९९ प्रहरी कारबाहीमा

सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने डीआईजी सहित ५९९ प्रहरी कारबाहीमा

नेपालखबर
पुस २३, २०८२ बुधबार २०:४८, काठमाडौँ

नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरी कारबाहीमा परेका छन्।

आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालमा सङ्गठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोशाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

कारबाही पर्नेहरूमा एक प्रहरी नायब महानिरीक्षक, एक प्रहरी वरिष्ठ उपरीक्षक, चार प्रहरी उपरीक्षक, पाँच प्रहरी नायब उपरीक्षक, २४ प्रहरी निरीक्षक, ११ प्रहरी वरिष्ठ नायब निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, ५१  प्रहरी सहायक निरीक्षक, सात प्रहरी वरिष्ठ हवल्दार, ३५ प्रहरी हवल्दार, ७६ सहायक हवल्दार, ३५८ प्रहरी जवान र कार्यालय सहयोगी दुईजना रहेका छन्। 

उनीहरूलाई सङ्गठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको उनले जानकारी दिए । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्नेसम्बन्धी निर्देशिका जारी गरेको थियो।

नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ एवम् प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरुमा समेत प्रहरीले सामाजिक सञ्जालमा गैर व्यावसायिक र अमर्यादित आचरण प्रदर्शन नगर्न भनिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad