रेडियो नेपालका प्रसिद्ध समाचार वाचक माइकल चन्द (हरिश चन्द)को निधन भएको छ।
क्यान्सर रोगबाट पीडित ७७ वर्षीय चन्द्यको शुक्रबार बिहान निधन भएको हो। काठमाडौँको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएका छन्।
उनी नेपालको पहिलो अभिनेत्री भुवन चन्दका श्रीमान हुन्। लामो समय रेडियो नेपालमा काम गरेका चन्द अंग्रेजी समाचार वाचकका रुपमा प्रसिद्ध थिए।
उनका तीन छोरीहरू छन्। दुई छोरी अमेरिका बस्दै आएका छन् भने एक छोरी नेलामै छिन्। अमेरिकाबाट दुई छोरी आएपछि आइतबार अन्यष्टि गरिने परिवारजनले जनाएका छन्।
147
Shares

प्रतिक्रिया