समाज


अध्ययन बिदामा गएका यी ७ जना वैज्ञानिक काममा फर्केनन्

परिषद्ले दियो उनीहरूमा लगानी भएको सबै रकम असुलेर कामबाट हटाउने चेतावनी
अध्ययन बिदामा गएका यी ७ जना वैज्ञानिक काममा फर्केनन्

नेपालखबर
माघ ९, २०८२ शुक्रबार ९:१७, काठमाडौँ

अध्ययन बिदामा गएका सात जना वैज्ञानिकसहितका केही कर्मचारी काममा नफर्केपछि नेपाल कृषि अनुसन्धान परिषद्ले १५ दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुनको लागि सूचना जारी गरेको छ। 

सिंहदरबारस्थित नेपाल कृषि अनुसन्धान परिषद्ले आज जारी गर्दै अध्ययन बिदामा गएर काममा नफर्कने सात जना वैज्ञानिक र चारजना कर्मचारीलाई स्पष्टीकरणसहित काममा फर्किन भनेको हो। 

अध्ययन बिदामा गएर काममा नफर्किने वैज्ञानिकहरूमा राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, मुखलटारका वैज्ञानिक अच्युत मिश्र, कृषि अनुसन्धान निर्देशनालय कोसीका नवीन कुमार दाहाल, राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्र, खुमलटारका वैज्ञानिक होमन रेग्मी, राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वैज्ञानिक सञ्जीव गौतम,  राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका वैज्ञानिक देवराज चालिसे र राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक दिनेशबाबु थापा मगर रहेका छन्। 

उनीहरू गएका सातरआठ वर्षअघि नै अध्ययन बिदामा गएर काममा नफर्केका परिषद्ले जनाएको छ। 

त्यसैगरि कृषि अनुसन्धान केन्द्र, पाख्रिबास धनकुटाका सुमन कार्की, राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटारका उज्ज्वल सुवेदी, राष्ट्रिय बाली प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारका अतित पराजुली र राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटारकी अस्मिता श्रेष्ठ पनि अध्ययन बिदामा गएदेखि काममा फर्केका छैनन्। 

उनीहरूलाई यतिका वर्षसम्म कार्यालयमा हाजीर हुन नसक्नुको कारण र प्रमाणसहित १५ दिनभित्र उपस्थित हुन परिषद्ले आग्रह गरेको हो।

अन्यथा अध्ययन बिदामा जाँदाको मितिदेखि नै लागू हुनेगरि उनीहरुका लागि परिषद्ले लगानी गरेको सम्पूर्ण रकम असुलउपर गरेर सेवाबाट हटाउने चेताबनी पनि परिषद्ले दिएको छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad