काठमाडौंको जमलमा आज दिउँसो चार वटा सवारीसाधन एकापसमा ठोक्किँदा ठूलो आगजनी भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र प्रत्यक्षदर्शीका अनुसार, तीव्र गतिमा रहेका गाडीहरू ठोक्किएलगत्तै एउटा सवारीमा सल्किएको आगो अन्य दुईमा पनि फैलिएको थियो।
‘गाडी दुर्घटनापछि आगलागी हुँदा चारपाँच जना घाइते भएका छन्’, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज अधिकारीले नेपालखबरसँग भने, ‘घाइतेलाई अस्पताल पुर्याउने काम भइरहेको छ। हामी विस्तृत विवरण संकलन गरिरहेका छौँ।’

दुर्घटनापछि मोटरसाइकलबाट आगलागी सुरू भएको थियो।
सडकको बीचमै सवारीसाधन आगो लाग्दा जमल र दरबारमार्ग क्षेत्रको ट्राफिक व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। सूचना पाएलगत्तै दमकल र प्रहरी टोलीले आगो निभाउने प्रयास गरिरहेका छन्।
हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण नआए पनि सवारीसाधनमा ठूलो क्षति पुगेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।

Shares

प्रतिक्रिया