समाज


अवतरण गर्न खोज्दा जलेर टुक्रा-टुक्रा भयो जहाज, महाराष्ट्रका उपमुख्यमन्त्रीको मृत्यु

अवतरण गर्न खोज्दा जलेर टुक्रा-टुक्रा भयो जहाज, महाराष्ट्रका उपमुख्यमन्त्रीको मृत्यु

नेपालखबर
माघ १४, २०८२ बुधबार १०:४५, काठमाडौँ

भारतको महाराष्ट्रस्थित बारामती विमानस्थलमा बुधबार बिहान एक निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ। अवतरणका क्रममा रनवेबाट चिप्लिएर भएको उक्त दुर्घटनामा विमानमा सवार महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार थिए।

बीबीसीका अनुसार दुर्घटनामा परी उपमुख्यमन्त्री पवारको मृत्यु भएको छ। अजित पवार र अन्य चार जना सवार उक्त विमान दुर्घटनामा कोही पनि जीवित फेला पर्ने आश नरहेको डीजीसीएले बताएको छ।

सिभिल एभिएसनका महानिर्देशकलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘अजित पवार र अन्य चार जना सवार उक्त विमान दुर्घटनामा कोही पनि जीवित फेला पर्ने आशा छैन।'

जिल्ला परिषद् निर्वाचनको सिलसिलामा बारामती जाँदै गरेको उक्त विमान 'क्र्यास ल्यान्डिङ'हुने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ।

विमानस्थल नजिकै भुइँमा पछारिएपछि विमानमा भीषण आगलागी भएको थियो। सार्वजनिक भएका दृश्यहरूमा विमानका टुक्रा-टुक्रा छरिएको र बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको छ।

विमानमा उपमुख्यमन्त्री पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी र चालक दलका सदस्यहरू सवार थिए। दुर्घटनामा विमानमा रहेका सबैजना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। उनीहरूलाई तत्काल उद्धार गरी अस्पताल लगिएको छ।

विमानमा प्राविधिक खराबी आएका कारण दुर्घटना भएको हो वा अवतरणका क्रममा रनवेको अवस्थाले समस्या निम्त्याएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ। दुर्घटनास्थलमा ठूलो संख्यामा उद्धारकर्मी र मेडिकल टोली परिचालन गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad