समाज


हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन

हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन

नेपालखबर
माघ २०, २०८२ मंगलबार १९:५२, काठमाडौँ

म्याग्दीको धौलागिरि गाउँपालिका-५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ।

एक्काइस वर्षको उमेरमा लाहुरे हुने भन्दै घर छाडेर बेपत्ता भएका तुलाचन अहिले परिवारको सम्पर्कमा आएका हुन्।

भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैँचामा काम गर्ने तुलाचन एकसाता अगाडि विभिन्न माध्यमबाट परिवारको सम्पर्कमा आएको उनका साहिला दाइ कृष्णप्रसाद तुलाचनले बताए।

'हामी अहिले मङ्गला गाउँपालिका-५ पाखुमा बस्दै आएका छौँ, लाहुरे हुने भनेर गएको भाइ घर आउने आश नै मारेका थियौँ, बुढेसकालमा हामीलाई खोजी गर्दै विभिन्न माध्यमबाट घर खोज्दै घरमा आएपछि हामीलाई सपनाजस्तै लागेको छ', उनले भने।

कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा धनबहादुर घर फर्किएपछि परिवारमा खुशियाली छाएको छ।

धनबहादुरलाई दाइ कृष्णप्रसादले नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी आएका छन्।

तत्कालीन समयमा मल्कबाङबाट ठाडाखानी हुँदै बेनी आएर पैदलयात्रा र सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाइ छ।

भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेको धनबहादुरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad