विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जना युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक घाइते भएका छन्।
संखुवासभाको मकालु गाउँपालिका-५ मुढेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
सडकमा पैदल हिँडिरहेको बेला नम्बर नखुलेको गाडीले ठक्कर दिँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ बस्ने ३१ वर्षीय नेमलाल तामाङको मत्यु भएको हो।
बुधबार राति सवारी साधनले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने सवारी साधन र चालकको खोजी भइरहेको प्रहरीको भनाई छ।
त्यसैगरि सप्तरीको शम्भुनाथ नगरपालिका-८ देवधारमा ट्याक्टर दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ। मृतक युवक ट्याक्टरका चालक हुन्।
रूपनिबाट कल्याणपुरतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ त ०९१९ नम्बरको ट्याक्टर अनियन्त्रित बुधबार राति दुर्घटना भएको हो।
दुर्घटनामा चालक रूपनी गाउँपालिका-२ पिप्राही बस्ने २५ वर्षीय किशन मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार २ जनाको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि बाराको जीतपुर सिमरा उपमहानगरपालिका २मा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको ना.५२ प ४४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसइकल चालक वीरगन्ज महानगरपालिका-३२ बस्ने २५ वर्षीय लक्की सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ तराई अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया