पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईको निधनमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले सम्पूर्ण पार्टी पंक्ति मर्माहत भएको जनाएको छ।
प्रलोपाका अध्यक्ष परिषद् सदस्य सुदन किरातीले बिहीबार शोक वक्तव्य जारी गर्दै सम्पूर्ण पार्टी पंक्ति मर्माहत भएको जनाएका हुन्। उनी सिंगो पुस्ताका लागि प्रेरणको स्रोत रहेको उल्लेख गर्दै किरातीले भनेका छन्, ‘बुवा भोजप्रसाद भट्टराई भौतिक रुपमा नरहे पनि उहाँलाई प्रेरणाका रुपमा समाजले सधैं सम्झिरहनेछ।’
प्रलोपाले शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। त्यस्तै, दिवंगत भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
उनको बिहीबार बिहान ९७ वर्षको उमेरमा निधन भएको थियो। आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
33
Shares

प्रतिक्रिया