समाज


२३ माघ: सिंहलाई रमणीय क्षेत्र घुमफिरको अवसर, मीनको प्रेममा मधुरता छाउने, तपाईँको के?

२३ माघ: सिंहलाई रमणीय क्षेत्र घुमफिरको अवसर, मीनको प्रेममा मधुरता छाउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ २३, २०८२ शुक्रबार ४:३६, काठमाडौँ

आज शुक्रबार, २३ माघ २०८२ (६ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: रमाइलो यात्रा र स्थानान्तरणको योग छ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। कसैकसैका लागि सन्तान सुखको योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

वृष: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। धार्मिक कार्य सफल रहनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। प्रेम सम्बन्ध कसिलो होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनु पर्छ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: आँटेको काम सफल हुनेछ। आफन्तले सहयोग गर्ने छन्। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। पेसा–व्यवसायका क्षेत्रमा फाइदा हुनेछ। धनलाभ हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४५, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै रमणीय क्षेत्रमा घुमफिरको योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। पराक्रम बढ्नुका साथै धनलाभको योग छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्रा पनि हुन सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

तुला: दिन त्यति राम्रो देखिँदैन, पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। दबाब र तनाव बढेको महसुस हुनेछ। प्रेम सम्बन्धमा असमझदारी बढ्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ६० र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ प्रयोग नगर्ने।

वृश्चिक: नयाँ सम्बन्ध जोडिन सक्छ। मन मिल्ने साथीको सहयोग पाइनेछ। क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। व्यापार-व्यवसायमा घाटा हुन सक्छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

धनु: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। प्रियजनको सहयोगले कामबाट फाइदा लिन सकिनेछ। उपहार पाइने योग छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। धैर्य नै दृढ सफलता हो।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङ प्रयोग नगर्ने।

मकर: समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ। सामान हराउने योग छ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफल भइनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कुम्भ: आँटे-ताकेको पूरा हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। सामाजिक कामको दायित्व बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग होला। राजनीतिक क्षेत्रमा सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

मीन: समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad