आज (शुक्रबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको खास न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेभन्दा केही घट्ने सम्भावना हुन्छ।
हिजो (बिहीबार) पनि सुरुवातमा ५.४ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि आधिकारिक मापनमा ५.१ डिग्री सेल्सियस कायम भएको थियो।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसमविद्का अनुसार तापक्रम तलमाथि भइरहन्छ। राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।
यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
बिहीबार यस्तो थियो देशका विभिन्न स्थानको तापक्रम विवरण

Shares

प्रतिक्रिया