आज आइतबार, २५ माघ २०८२ (८ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। प्रेम प्रसंगमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। मान प्रतिष्ठा वृद्धि हुनेछ। आजको मन्त्र: म लक्ष्यमा प्रतिबद्ध छु।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६७, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७०
प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। आज कालो रङको प्रयोग नगर्ने।
वृष: नयाँ कार्यको योजना बन्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
मिथुन: सांस्कृतिक कार्यमा सरिक भइनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। रमाइलो यात्राको सम्भावना छ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। नयाँ व्यक्तिसँग भेटघाट होला।
भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: दिन लाभहानी मध्यम नै रहनेछ। आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। धेरै ठूलो महत्त्वाकांक्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
सिंह: हितैषीबाट राम्रो सहयोग मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ । तपाईंको लागि समग्रमा सकारात्मक दिन रहेको छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । आजको मन्त्र: धैर्यताले सही समय ल्याउँछ ।
भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।
कन्या: अधुरा कामहरू पूरा हुनेछन्। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। रमणीय र सुखद् यात्राको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ व्यक्तिबीच सामीप्यता बढ्नेछ। वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४
प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।
तुला: साथी भाइसँग समय बित्नेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ तर स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। आजको मन्त्र: म बहानाभन्दा जिम्मेवार बन्छु।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
वृश्चिक: स्वास्थ्य चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ। चोटपटकको भय पनि छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गाईलाई रोटी वा खनेकुरा दिने। झुट नबोल्ने।
धनु: कुनै कुराले मनमा शान्ति छाउनेछ। अधुरा या नयाँ कार्यको थालनी हुनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि श्रेष्ठ समय छ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। आजको मन्त्र: मेरो सोच नै मेरो शक्ति हो।
भाग्यशाली रङ पहेँलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।
मकर: शुभ समाचार सुन्न पाइएला । जोशजाँगर र हिम्मत बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आजको मन्त्र: प्रयास कहिल्यै खेर जाँदैन।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।
मीन: शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । आम्दानी नहुदाँ दैनिक खर्चको लागि समस्या हुन सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ४५ र सम्पूर्ण भाग्यांक ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
Shares

प्रतिक्रिया