समाज


बैतडीमा फेरि सवारी दुर्घटना

बैतडीमा फेरि सवारी दुर्घटना

नेपालखबर
माघ २५, २०८२ आइतबार ६:४७, काठमाडौँ

गएराति बैतडीमा सवारी दुर्घटना हुँदा चालक घाइते भएका छन्। 

दोगडाकेदार गाउँपालिका–३ स्थित सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक आज राति ९ः३० बजे सुपप्र०२ ००१ज ०६२४ नम्बरको विद्युतीय सवारी हाइस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सवगारी चालक दोगडाकेदार–५ का मदन ठगुन्ना घाइते भएका खोचलेक प्रहरी चौकीका इन्चार्ज जयराज जोशीले जानकारी दिए। 

चालक ठगुन्नालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। गाडी सडकबाट २५० मिटर तल  खसेको प्रहरीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

तीन दिन अघि बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad