खेल


आईसीसी टी-२० विश्वकप: अमेरिकालाई हराउँदै साविक विजेता भारतको विजय सुरुवात

आईसीसी टी-२० विश्वकप: अमेरिकालाई हराउँदै साविक विजेता भारतको विजय सुरुवात

नेपालखबर
माघ २५, २०८२ आइतबार ७:२८, काठमाडौँ

अमेरिकालाई हराउँदै साविक विजेता भारतले आईसीसी टी–२० विश्वकपमा विजय सुरुवात गरेको छ। 

शनिबारको अन्तिम खेलमा भारतले अमेरिकालाई २९ रनले हराएको हो। 

भारतले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो। 
अमेरिकाका लागि सन्जय कृष्णमुर्ति र शुभम रजानले समान ३७ रन बनाए। मिलिन्द कुमारले ३४ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

अमेरिकालाई कम स्कोरमा रोक्न मोहम्मद सिराजले ३ विकेट लिए। अर्षदिप सिंह र अक्षर पटेलले समान २ विकेट लिए। वरुण चक्रवतीले एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६१ रनको योगफल तयार पारेको थियो। 

पहिलो इनिङ्सको सुरुवातमा उत्कृष्ट प्रर्दशन गर्दै भारतलाई रोकेको अमेरिकाले डेथ ओभरमा धेरै रन खर्चन पुग्यो। अमेरिकाका लागि शौरभ नेत्रवाल्कर सबैभन्दा घातक बने। उनले आफ्नो स्पेलमा ६५ रन खर्चिदा विकेट विहिन रहे। 

साडले भानले ४ ओभरमा २५ रन दिएर ४ विकेट आफ्नो नाममा गरे। हरमित सिंहले २ विकेट लिए। मोहम्मद मोहसिन र अली खानले समान एक विकेट लिए। 

भारतिय टोलीका कप्तान सुर्य कुमार यादवले भने कप्तानी पारी खेले। चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान सुर्य कुमारले ४९ बलमा १० चौका र ४ छक्का सहयोगमा ८४ रनको अविजित पारी खेले। 

तिलक वर्माले २५, ओपनर इसान किसनले २० र अक्षर पटेलले १० रन थपे। अन्य ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

विश्वकपको पहिलो दिन तिन खेल सम्पन्न भए। श्रीलंकाको कोलोम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो। भारतको इडेन गार्डेनमा भएको खेलमा वेष्ट इण्डिजले स्कटल्यान्डलाई ३५ रनले हराउँदै विजयी सुरुवात गरेको छ। 

विश्वकपमा आइतबार पनि तीन खेल हुनेछ। दिनको पहिलो खेलमा चेन्नइमा समुह डी का अफगानिस्तान र न्यु जिल्यान्ड खेल्नेछन्। 
मुम्बइको वानखेडेमा नेपाल र इङल्यान्ड खेल्नेछन्। श्रीलंकाको कोलोम्बोमा घरेलु टोली र आयरल्यान्ड खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad