समाज


ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु

ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८२ सोमबार २२:३३, काठमाडौँ

ललितपुर गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका ११ टाखेलस्थित सडकमा बा प्र ०१-००४ क १५४८ नम्बरको बसले बा प्र ०२-०५५ प ४२३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका ११ बस्ने १९ वर्षीय सौगात गोलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad