समाज


रामेछापमा बस दुर्घटना: १९ बुँदे सहमतिपछि पीडित परिवारले स्थगित गरे आन्दोलन

रामेछापमा बस दुर्घटना: १९ बुँदे सहमतिपछि पीडित परिवारले स्थगित गरे आन्दोलन

नेपालखबर
माघ २९, २०८२ बिहिबार १०:४९, काठमाडौँ

तीन दिनअघि रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका आफन्त, स्थानीय प्रशासन र अरनिको यातायात व्यवसायीबीच गएराति सहमति भएको छ। 

स्थानीय प्रशासनको पहलमा भएको सहमतिपछि पीडित परिवारले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। 

गएको मंगलबार काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका ६ बेनीघाट पुलनजिकैबाट तामाकोसी खस्दा १२ जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन्। 

दुर्घटनामा परेर घाइते भएका सात जनाको काठमाडौँ र काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

सहमतिअनुसार अरनिको यातायातले मृतकका परिवारलाई प्रचलित कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्तिको लागि तत्काल आवश्यक व्यवस्था गर्ने, थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिले सहजिकरण गर्ने, अस्पतालमा रहेका मृतकका शव परीक्षण गरि दाहसंस्कारका लागि सम्बन्धित आफन्त र परिवारले सहमति र सहजिकरण गर्ने, दुर्घटनामा परेको बसका चालकलाई प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउने, दुर्घटनापछि बेपत्ता भएका तीन जनाको खोजी गर्ने, उनीहरूलाई पनि मृतक सरह मानी नियमानुसार क्षतिपूर्ति  उपलब्ध गराउने सहमति भएको छ। 

त्यसैगरि पीडित पक्षबाट प्राप्त पत्र कार्यान्वयन र सहजीकरणका लागि सम्बन्धित यातायात सेवा प्रालि, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाउने, सवारी साधन सञ्चालन गर्दा यात्रुको जीउधन जोखिममा पार्नेगरि अटेर गरेर चलाएको पाइएमा प्रचलित कानुन बमोजिम सवारी साधनको दर्ता खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने, प्रत्येक स्थानीय तहमा सवारी साधन सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउने, रामेछापमा सञ्चालन हुने सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु ओसारपसार गर्न नदिने, जोखिमयुत्तः मोड, पुल र साँघुरा सडकको पहिचान गरि तत्काल मर्मतको पहल गर्ने, सवारी सञ्चालकले अनिवार्य रूपमा सवारी चालक र साधनको परीक्षण गर्ने, सवारी साधनमा यात्रुका सामानबाहेक अन्य सामान ढुवानी गर्न नदिने लगायतका सहमति भएको छ। 

यस्तो छ सहमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad