समाज


सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ७ घाइते

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ७ घाइते

नेपालखबर
फागुन ४, २०८२ सोमबार १४:६, काठमाडौँ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। 

बारा, रौतहट, सिराहा, सप्तरी र डडेलधुरामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बाराको कलैया उपमहानगरपालिका-१६ उत्तर झिटकैयामा ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ। 

गएराति प्र.२-०३-००१ त ३८६ नम्बरको ट्याक्टर र प्र.२-०२-०२२ प ५१०४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने २५ वर्षीय उपेन्द्र मण्डलको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार अन्य २ जना घाइते भएका छन्। उनीहरुको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्। 

त्यसैगरि रौतहटको कटहरिया नगरपालिका-१ रगेदी चोकमा भारतीय मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु भएको छ। 

बीआर ०५ एडी ८२७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कटहरिया नगरपालिका-१ बस्ने ७० वर्षीय मंगल दासको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहाको सिराहा नगरपालिका-१ मा औरहीबाट सिराहातर्फ जाँदै गरेको म.प्र ०१-००५ प ६८८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा औरही नगरपालिका-३ मखनाहा बस्ने २१ वर्षीय मुरली दास रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

त्यसैगरि सप्तरीको राजबिराज नगरपालिका-११ झल्ही नहरमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय महिनारायण शर्मा छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

त्यसैगरि डडेलधुराको अजयमेरू गाउँपालिका-२ बसनामा सु.प.प्र.०१-००२ त ७४२८ नम्बरको ट्याक्टरको दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

ट्याक्टरमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणी बस्ने २० वर्षीय सन्दिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्याक्टर दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको डडेल्धुरा अस्पतालमा भइरहेको छ भने १ जनालाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन्। यी सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad