आज (आइतबार) र भोलि (सोमबार) काठमाडौंका केही स्थानमा विद्युत् बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कलंकीदेखि ढुंगेधारासम्म र सीतापाइलादेखि रामकोटसम्म सडक निर्माण गर्नुपर्ने भएकाले स्युचाटार-स्वयम्भू फिडरबाट वितरित विद्युत् लाइन काटिने भएको हो।
प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार बूढानीलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउरालीलगायत स्थानमा आइतबार र सोमबार विद्युत् बन्द गरिने भएको हो।
विद्युतकाे लाइन बन्द गरेरै काम गर्नुपर्ने भएकाले यस्ताे हुने भएकाे हाे। काम सकिएलगत्तै विद्युत् सेवा पुनः सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया