बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि अवस्था नताबग्रस्त भएको छ।
आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बुधबार बिहान अरनिको राजमार्गमा पर्ने बनेपाको दूरसञ्चार नजिकै बागमती प्रदेश ०१-००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिस्टका अनुसार मृतकको सनाखत हुन बाँकी छ।
मृतकको शव प्रहरीले सिर मेमोरियल अस्पतालमा राखेको छ। टिपर चालक फरार रहेका प्रहरीले जनाएको छ।
स्कुटरलाई ठक्कर दिने टिपरमा स्थानीयले आगो लगाएपछि त्यहाँको अवस्था अहिले तनाबग्रस्त बनेको छ।
दुर्घटनापछि स्थानीयले घटनास्थलमा प्रदर्शन गरिरहेका छन्। स्थानीयको विरोधको कारण यातायात अवरुद्ध छ।
Shares

प्रतिक्रिया