हिउँद याम (विन्टर सिजन) अन्त्यतिर आएसँगै देशभर चिसो घट्दो र तापक्रम बढ्दो छ।
यसै क्रममा आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा उक्लिएको छ।
हिजो (बुधबार) काठमाडौँको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस थियो।
यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम भने २२.३ डिग्री सेल्सियस छ। हिजो २२.५ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
हेर्नुहोस् तापक्रम सूची

162
Shares

प्रतिक्रिया