लुम्बिनी प्रदेशका ११ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन्। सत्तारुढ दल रास्वपाको जिल्ला हाक्ने जिला सभापति सहितको समिती निर्वाचन मार्फत चयन भएका छन्।
रास्वपा लुम्बिनी प्रदेशका सभापति देवराज पाठकका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लामा मात्रै जिल्ला अधिवेशनहरू भएका छन्।
पाठकका अनुसार ३० प्रतिशत पालिका अधिवेशन भएका जिल्लामा मात्रै जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था अनुरूप बाँकी जिल्लामा अधिवेशन नभएको हो। रुकुम पूर्वमा वडा तहमा समिति विस्तारका लागि आवश्यक संख्या नपुगेकोले यो जिल्ला छुटेको हो।
अन्य जिल्लाहरूमा भने निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व छानिएको छ। साथै लुम्बिनी प्रदेशको अधिवेशन आगामी ३० गते दाङमा हुने पनि उनले जानकारी गराएका छन्।
बर्दियामा शान्ता बुढा क्षेत्री
रास्वपाको जिल्लाको मूल नेतृत्वमा निर्वाचित पहिलो महिला सभापति शान्ता बुढा क्षेत्री बनेकी छन्। बर्दियामा भएको अधिवेशनबाट बुढा क्षेत्री फराकिलो मतान्तरले जिल्ला सभापति चुनिएकी हुन्। कार्यवाहक सभापतिको भूमिका रहेकी बुढा क्षेत्रीले सभापति पदमा १५८ मत प्राप्त गरेकी थिइन्।
बुढा क्षेत्रीसँग सभापतिमा प्रतिस्पर्धा गरेका अर्का उम्मेदवार उदयबहादुर खत्रीले ४६ मत ल्याए। संस्थापक सभापति विपीन पौडेलको हृदयघातबाट निधन भएपछि कार्यवाहक सभापतिको भूमिकामा बुढा क्षेत्री थिइन्। संस्थापक सभापति पौडलको गत साउनमा चेन्नइबाट सिंगापुर पुगेको बेला ह्दयघातबाट निधन भएको थियो।
अर्घाखाँचीमा सीता पराजुली
सदस्यहरूमा वेदराज घिमिरे, पिताम्बर सेजवाल, चुरामणि ढुंगाना र महिला सदस्यमा रमा पौडेल निर्वाचित भएका छन्। सदस्यहरूमा ११ जनाबीच प्रतिस्पर्धा थियो।
रुपन्देहीमा उपाध्याय
रुपन्देहीको सभापतिमा महेन्द्र उपाध्याय विजयी भएका छन्। उनले २९६ मत ल्याउँदा प्रत्यासी आशीष न्यौपानेले १४३ मत ल्याए।
आशीष यसअघि उपसभापति थिए भने उपाध्याय संगठन विभाग प्रमुख थिए। उपसभापतिमा दुर्गाप्रसाद खनाल विजयी भएका छन्। उनले २३८ मत ल्याउँदा प्रत्यासी रचना क्षेत्रीले १८९ मत ल्याएकी हुन्। रचना यसअघि कोषाध्यक्ष थिइन्।
सचिवमा ज्ञानेन्द्र पाण्डे विजयी भएका छन्। उनले २३७ मत ल्याउँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले २०३ मत ल्याएका छन्। सहसचिवमा बाबुराम अर्यालले २७९ मत ल्याएर विजयी हुँदा प्रत्यासी प्रेमनारायण तिवारीले १३८ मत ल्याएको निर्वाचन समिति सदस्य गुनाराम घिमिरेले जानकारी दिए।
त्यसै गरी सदस्यहरूमा शर्मिला आचार्य, राजबहादुर क्षेत्री, अनिता पन्थी, रामनाथ हरिजन, जमुना सापकोटा, विष्णुप्रसाद पौडेल, छविलाल शर्मा, विश्वनाथ शर्मा, शेषकान्त गैरे निर्वाचित भएका छन्।
बाँकेको सभापतिमा श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ विजयी भएका छन्। सभापति पदका लागि बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनःमतदान नगरी आपसी सहमतिमा श्रेष्ठलाई सभापति पद प्रदान गरिएको हो।
रास्वपा सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने वैधानिक व्यवस्था रहे पनि शनिबार भएको अधिवेशनमा सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत ल्याएका थिएनन्। रास्वपा स्थानीय नेता नवीन खड्काले सहमतिमै नेतृत्व टुंगो लगाउन सफल भएको जानकारी दिए।
सो प्रथम जिल्ला अधिवेशनबाट सभापति पदका उम्मेदवार विवेककुमार श्रेष्ठले ८५ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी आनन्दबाबु काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए।
उपसभापति पदमा विजयी ईश्वरी लामिछाने ११९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गरे। सचिव पदमा शुभमकुमार गुप्ता १०० मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गरे। सहसचिव पदमा फारुक गुज्जर निर्वाचित भए।
जातीय प्रतिनिधि सदस्यतर्फ कमर जहाँ १२१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सहजाद अली जोलाहले ५७ मत प्राप्त गरेका छन्। दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित भएकी छन् भने मनोज नेपालीले ३७ मत प्राप्त गरे।
खुला सदस्यतर्फ यमुनाकुमारी थापामगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मत ल्याएर निर्वाचित भएका छन्। सदस्य पदका उम्मेदवार सौरभ कर्मचार्यले ७३ मत प्राप्त गरे।
नवलपरासी पश्चिममा पाण्डेय निर्विरोध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (पश्चिम)को सभापतिमा रवि पाण्डेय निर्विरोध निर्वाचित भएका छन्।
जिल्ला निर्वाचन संयोजक हेमन्त न्यौपानेले सभापतिमा पाण्डेयबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध भएको जानकारी दिए। पाण्डे यसअघि कार्यवाहक सभापति थिए।
गुल्मीमा हरि श्रेष्ठ
रास्वपा गुल्मीको जिल्ला अधिवेशनबाट हरि श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि भएको प्रतिस्पर्धामा श्रेष्ठले ११८ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी मानबहादुर घर्ती क्षेत्रीले ११३ मत प्राप्त गरे।
उपसभापति पदमा भएको त्रिपक्षीय प्रतिस्पर्धामा प्रगति रानामगर १२७ मतसहित विजयी भइन्। निशेष श्रेष्ठले ९१ मत र भरत पोखरेलले १४ मत प्राप्त गरे।
सचिव पदमा देवराज पाण्डे १८९ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी निरज मरासिनीले ४० मत प्राप्त गरे। सहसचिवमा सागर पाण्डे निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्ष पद भने पछि मनोनयनमार्फत चयन गरिने जनाइएको छ।
दलित महिला सदस्यमा माया नेपाली निर्विरोध निर्वाचित भइन्। महिला सदस्यतर्फ माया जिसीले १८५ मत र देवकला रानाले १३३ मत प्राप्त गर्दै विजयी भए। पुरुष सदस्यका दुई पदमा भागवत गिरी (५९ मत) र प्रेमबहादुर सुनार (४८ मत) निर्वाचित भए। कुल २३३ मत खसेकोमा ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
रोल्पामा बालाराम
रास्वपा रोल्पाको प्रथम जिल्ला अधिवेशनबाट बालाराम थापाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी चयन भएको छ। कमिटीको उपसभापतिमा भूपेन्द्र सिंह वली, सचिवमा हिरा बहादुर घर्तीमगर, सहसचिवमा बालाराम डाँगी र कोषाध्यक्षमा पिपला चन्द सेन चयन भएका छन्।
सदस्यहरूमा धर्मराज भण्डारी, महेश कुमार शर्मा, मुना डाँगी, हिरा खड्का र सन्दीप थापा मगर रहेका छन्। दलित महिला सदस्य भने पछि थप्ने निर्णय गरिएको जनाइएको छ।
पाल्पामा भण्डारी निर्विरोध
पाल्पाको तानसेनमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट विष्णुप्रसाद भण्डारी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा गठन गरिएको हो।
उपसभापतिमा सोमप्रसाद गैरे (सुमन), सचिवमा हरिप्रसाद न्यौपाने, सहसचिवमा दिलीप घिमिरे चयन भएका छन्। सदस्यहरूमा प्रेम राना, दीपेन्द्र गाहा, ईश्वरी पौडेल, दुर्गाकुमारी अर्याल, एक महिला सदस्य तथा अभिता नेपाली रहेका छन्।
अधिवेशनबाट निर्वाचन क्षेत्र नं. १ र २ का क्षेत्रीय समिति पनि गठन गरिएको छ। जिल्ला अधिवेशनमा २१० जना प्रतिनिधिको सहभागिता रहेको निर्वाचन समितिले जनाएको छ।
दाङमा किरण
रास्वपा दाङको प्रथम जिल्ला अधिवेशनबाट किरण खनाल सभापतिमा निर्वाचित भएका छन्।
त्यस्तै उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल तथा सहसचिवमा प्रमिला रोका मगर निर्वाचित भएका छन्।
नवगठित कार्यसमितिका सदस्यहरूमा होताराम आचार्य, रविन्द्र केसी, प्रकाश चौधरी, पवित्रा बिक, प्रतापविक्रम पुन, अनन्ता चौधरी, मोहन आचार्य, गोमा शर्मा र चुमान चौधरी निर्वाचित भएका छन्।
कपिलवस्तुमा सुवेदी
रास्वपा कपिलवस्तुको जिल्ला सभापतिमा शिवकुमार सुवेदी दोस्रो कार्यकालका लागि भारी मतले विजयी भएका छन्।
सुवेदीले विक्रम थापालाई १७० मतान्तरले पराजित गर्दै सभापति निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य रमेश मिश्राले बताए। सुवेदीले २ सय ३५ र थापाले ६५ मत मात्र पाएका थिए। यस्तै रामनिवास पुरीले १८० मत ल्याउँदै उप सभापति बनेका छन्।
उपसभापतिका उम्मेदवारहरू चिरञ्जीवी आचार्यले ८२, अनुप मरासिनीले ३२ मत पाएका थिए। यमलाल आचार्यले २०९ मत ल्याएर सचिवमा निर्वाचित भएका छन्।
सचिवमा गुरुदेव पौडेलले ६० र सुशील खत्रीले ४४ मत पाएका थिए। सहसचिवमा १२३ मत ल्याउँदै देवेन्द्रकुमार शर्मा विजयी भएका छन्।
सहसचिवमा माहोम्मद ईदमुसलमानले ९६, विलाल पौडेलले ४७ र कृति मल्लले ३२ मत ल्याएका थिए।
मुस्लिम कलस्टरतर्फ मोहोम्मद मोहसिन कमाल,जिल्ला तर्फ,क्षेत्र नम्बर १ जिल्ला सदस्यमा रबिन कार्की निर्वाचित भएका छन्।
क्षेत्र नम्बर २ मा जिल्ला सदस्यतर्फ शिवपुजन चाई र विनोद केवट तथा क्षेत्र नम्बर ३ बाट जिल्ला सदस्यमा दीपक रजौरिया निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ मा उपसंयोजकमा तेजप्रसाद पौडेल निर्वाचित भएका छन्।
प्युठानमा विकास पोखरेल
रास्वपा प्युठानको सभापतिमा विकास पोखरेल निर्वाचित भएका छन्। आइतबार भएको पहिलो अधिवेशनबाट भएको निर्वाचनको मत परिणाम अनुसार पोखरेल सभापतिमा निर्वाचित भएका हुन्।
उपसभापतिमा केशव महतारा तथा सचिवमा यज्ञवीर पाण्डे निर्वाचित भएका छन्। सहसचिवमा भने ओम हरि भट्टराई निर्वाचित भएका थिए।
कोषाध्यक्ष भने पछि मनोनयन गरिने जानकारी निवर्तमान जिल्ला सभापतिले दिएका छन्। जिल्ला समितिका सदस्यहरूमा विशाल पौडेल, शिशिर रिजाल र शंकर भण्डारी चयन भएका छन्।
पदाधिकारीसँगै सदस्य पदका लागि पनि मतदान भएको थियो। पार्टीको विधानअनुसार जिल्ला समिति ११ सदस्यीय रहने व्यवस्था छ।
यसमध्ये ४ जना जना निर्विरोध चयन भएका छन्। मनोनयन गरिएका सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्ष बनाइने व्यवस्था छ।
Shares

प्रतिक्रिया