चार दिनदेखि काठमाडौँ उपत्यकाको न्यूनतम लगातार वृद्धि भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (शुक्रबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला थोरै घट्ने सम्भावना हुन्छ।
हिउँद याम (विन्टर सिजन) अन्त्यतिर आएसँगै देशभर चिसो घट्दो र तापक्रम बढ्दो छ।
गत सोमबार ७.९ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम लगातार बढेर बिहीबार १० डिग्री सेल्सियसमा उक्लिएको छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
हेर्नुहोस् बिहीबारको तापक्रम सूची:

Shares

प्रतिक्रिया