समाज


टोखाको गेस्ट हाउसबाट ब्राउनसुगरसहित २ युवक पक्राउ

टोखाको गेस्ट हाउसबाट ब्राउनसुगरसहित २ युवक पक्राउ

नेपालखबर
फागुन १०, २०८२ आइतबार ८:३, काठमाडौँ

प्रहरीले काठमाडौँको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पर्साको धोवनी गाउँपालिका–२ का ३५ वर्षीय अरबिनकुमार मेहता र नुवाकोट बेलकोटगढी नगरपालिका–१ का २९ वर्षीय निरोज पुडासैनी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। 

प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्राम १८ मिलिग्रामसहित पक्राउ गरेको हो।

उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad