समाज


काठमाडौँमा दिउँसै घर फोडेर ५६ लाखको सुनचाँदीका गहना चोरी

काठमाडौँमा दिउँसै घर फोडेर ५६ लाखको सुनचाँदीका गहना चोरी

नेपालखबर
फागुन १०, २०८२ आइतबार १२:१८, काठमाडौँ

काठमाडौँबाट दिउँसै ५६ लाख रुपैयाँ भन्दा धेरैको सुनचाँदीका गहना चोरी भएको छ। 

काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा गरी बस्ने बाग्लुङ घर भएकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा शनिबार दिउँसै चोरी भएको हो। 

प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार दिउँसो ढोका फोडेर भित्र पसेका चोरले सुन तथा चाँदीका गरगहना र नगदसमेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेका छन्।

चोरीमा संलग्नहरू हाल फरार छन्। 

उनीहरूको खोजीसँगै यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

यसअघि गएको बुधबार पनि काठमाडौँको टोखाबाट दिउँसै ८१ लाख रुपैयाँ बराबरको सुनका गरगहना चोरी भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad