मनाङ जिल्लाको नार्पाभूमी गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँ जाने बाटोमा जमेको हिउँ ५ दिनको प्रयासमा हटाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल ३२ गुल्म मनाङबाट विपद् उद्धार सामाग्रीसहितको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली हिउँ हटाउने कार्यमा जुटेको थियो।
विशेष गरी सो गाउँपालिकास्थित छ्याँसे, मेता र च्याखुँ अन्तर्गतका बाटोहरू हिउँले पुरी अवरुद्ध भएको थियो। सो बाटोहरुमा हिउँ जमेको कारण सामान ढुवानीको लागि खच्चड तथा मानिसहरु आवत जावत गर्न असहज भएको थियो।
बाटो अवरुद्ध पश्चात तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले ५ दिनदेखि हिउँ पन्छाउने कार्यमा खटिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
फागुन ६ गतेबाट शुरु भएको हिउँ पन्छाउने कार्य फागुन ११ गते बाटो खुलाएर सकिएको छ।




Shares

प्रतिक्रिया