पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै गएराति बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग.२ ख १४२१ नम्बारको बस त्रिशूली नदी किनारमा खसेको हो। दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४४ जना सवार थिए। २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ।
जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले मृतक र घाइतेको उद्धार गरेका थिए।
267
Shares

प्रतिक्रिया