समाज


उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म

उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म

नेपालखबर
फागुन ११, २०८२ सोमबार १४:२०, काठमाडौँ

सोमबार दिउँसो उदयपुरगढी–७ अँधेरीको जोगी टोलमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको पाइएको छ। सशस्त्र प्रहरी बल नम्बर ५ गण उदयपुरले उपलब्ध गराएको घाइतेहरूको आधिकारिक सूचीअनुसार दुर्घटनामा बालबालिकादेखि वृद्धवृद्धासम्म परेका छन्।

घाइतेको पहिचान

सशस्त्र प्रहरीका अनुसार दुर्घटनामा परी ७३ वर्षीया सोममाया मगरको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै, कटारी नगरपालिका–२ गोलपार्ककी ६० वर्षीया सोममाया परियारको अवस्था पनि चिन्ताजनक रहेको सशस्त्र प्रहरीले जारी गरेको निकायले जनाएको छ। अर्का एक घाइतेको अवस्था पनि गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि अस्पताल पठाइएको छ।

यो पनि: उदयपुरको ‘मृत्युपासो’ ओरालोमा फेरि बस दुर्घटना, १० जना घाइते

घटनास्थलमा खटिएका एक सुरक्षाकर्मीले भनेका छन्, “घाइतेमध्ये केहीको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ, जसमध्ये तीन जनाको अवस्था निकै गम्भीर देखिएको छ।”

घाइतेहरूको नामावली

सशस्त्र प्रहरीका अनुसार दुर्घटनामा निम्न व्यक्तिहरू घाइते भएका छन्:

घाइतेको नाम ठेगाना उमेर अवस्था
सोममाया मगर उदयपुरगढी-७ ७३ वर्ष गम्भीर (टाउकोमा चोट)
सोममाया परियार कटारी-२ ६० वर्ष गम्भीर
प्रकाश भुजेल ताप्ली-५ ४० वर्ष विभिन्न भागमा चोट
अनिता चौधरी कटारी-४ ३५ वर्ष टाउको र शरीरमा चोट
दलबहादुर तामाङ कटारी-५ ७८ वर्ष शरीरका विभिन्न भागमा चोट
नितेश बुढाथोकी कटारी-३ २७ वर्ष सामान्य (सहचालक)
रेशिका बस्नेत त्रियुगा-७ २१ वर्ष सामान्य
तिलक बस्नेत रौतामाई-७ १७ वर्ष सामान्य
दिपेश तामाङ उदयपुरगढी-७ १० वर्ष सामान्य
मणिका मगर त्रियुगा-११ २२ वर्ष सामान्य
पवित्रा श्रेष्ठ कटारी-४ १९ वर्ष सामान्य
रेश्मा बस्नेत त्रियुगा-५ २० वर्ष सामान्य
सुवास नेपाली ताप्ली-५ २८ वर्ष सामान्य
प्रेम तामाङ कटारी-४ १५ वर्ष सामान्य
सुजन तामाङ कटारी-४ १५ वर्ष सामान्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad