समाज


आज काठमाडौँ उपत्यकामा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना

काठमाडौँकाे मनमैजुबाट मंगलबार देखिएको दृश्य। तस्बिर: हरिराम भेटुवाल/रासस


नेपालखबर
फागुन १२, २०८२ मंगलबार ८:४७, काठमाडौँ

आज (मंगलबार) काठमाडौँ उपत्यकामा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वनुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसोतिर काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको हो। 

‘दिउँसो उपत्यकामा पनि बादल बढ्दै गएर मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने।  

मौसमविद् अधिकारीका अनुसार आज बिहानै काठमाडौँ उपत्यकामा छिटपुट पानी परेको थियो। तर अहिले रोकिएको छ। 

‘अहिले उपत्यकाको आकाशमा आंशिक बादल लागेको छ तर यो पानी पार्ने खालको होइन’, उनले भने, ‘तर दिउँसो आउने बादलले मेघगर्जनसहित पानी पार्ने सम्भावना छ।’ 

अहिले काठमाडौँमा हुस्सु पनि लागिरहेको छ। ‘भिजिबिलिटी १५०० मिटर मात्र छ’, मौसमविद् अधिकारीले मंगलबार बिहान ८:४५ बजेतिर भने, ‘यसले हवाई उडानमा आंशिक समस्या सिर्जना गर्न सक्छ।’  

उनका अनुसार हुस्सु भने बिस्तारै हट्दै जानेछ। 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज काठमाडौँसहित देशका अन्य स्थानमा पनि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।  

यस्तो छ आज वर्षा-हिमपातको सम्भावना

दिउँसो: कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

राति: कोसी र गण्डकी प्रदेशका उच्च पहाडी र  हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad