समाज


भक्तपुरमा कार दुर्घटना हुँदा चार यात्रु घाइते

भक्तपुरमा कार दुर्घटना हुँदा चार यात्रु घाइते

नेपालखबर
फागुन १८, २०८२ सोमबार १८:१९, काठमाडौँ

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार चागुनारायण नगरपालिका-८, वन कार्यालयस्थित बागेश्वरी भवन अगाडि दुर्घटना भएको छ। 

सोमबार साँझ दुर्घटना हुँदा चार जना घाइते भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। कारमा पाँच जना सवार रहेका थिए। 

दुर्घटनाको खबर पाएसँगै सशस्त्र प्रहरी बल भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली उद्धारमा खटिएको थियो। घाइतेलाई उपचारका लािग जिल्ला अस्पताल भक्तपुर पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad