समाज


झापामा तीन अस्थायी मतदान केन्द्र, छ हजार बढी अस्थायी मतदाता

झापामा तीन अस्थायी मतदान केन्द्र, छ हजार बढी अस्थायी मतदाता

नेपालखबर
फागुन १८, २०८२ सोमबार २०:२, काठमाडौँ

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले झापा कारागार, कर्मचारी मिलन केन्द्र चन्द्रगढीको भवन र दमक नगरपालिकाको कार्यालयमा अस्थायी मतदान केन्द्र रहेको जानकारी दिए। उनले जिल्लामा छ हजार ३८०  अस्थायी मतदाता रहेको बताए। जसमध्ये कारागारमा १०७ जनाले कर्मचारी मिलन केन्द्रमा ५५६ जनाले र दमक नगरपालिकाको कार्यालयमा ३१५ जना अस्थायी मतदाताले मतदान गर्ने जनाइएको छ। 

उनका अनुसार कारागारका कैदीबन्दी, मतदान केन्द्रमा नखटिएका सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारका कर्मचारी, सुरक्षाकर्मीले ती तीन वटा अस्थायी मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्ने छन्। 

झापामा सात लाख १३ हजार ५३७ मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल रहेका छन्। यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम आज बिहानैदेखि कार्यक्षेत्रमा खटाउने क्रम सुरु भएको कार्यालयले जनाएको छ।

यहाँ निर्वाचनलाई समावेशी र उत्साहजनक बनाउन यसपटक मेची रङ्गशालामा रहेका तीनवटा मतदान केन्द्रको पूर्ण नेतृत्व महिला कर्मचारीलाई प्रदान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad