समाज


सवारी दुर्घटनामा निर्वाचन प्रहरीको मृत्यु

सवारी दुर्घटनामा निर्वाचन प्रहरीको मृत्यु

नेपालखबर
फागुन १८, २०८२ सोमबार २१:२४, हेटौँडा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ कर्रा पुल नजिक पूर्व–पश्चिम सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइते भएका एक निर्वाचन प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फागुन १४ गते बिहान  रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र०३–००१ च १५६५ नम्बरको पिकअपले ठक्कर दिँदा पशुपतिनगरमा कार्यरत निर्वाचन प्रहरी पवन साह घाइते भएका थिए।

रौतहटको फतुवा विजयपुर नगरपालिका–७ निवासी २४ वर्षीय साहलाई दुर्घटनापछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा सोमबार (आज) उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पिकअप र चालक रौतहट चन्द्रपुर नगरपालिका–८ का २५ वर्षीय अर्जुन चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad